
पवन कुमार साह
सुगाभवानीपट्टी, ३ चैत्र
श्री मिथिला विहारी राज रतन सेवाश्रमको उद्घाटन बिधिबत रुपमा हुने भएको छ । यस आश्रमको संचालनले लाखौं परिवार पुस्तौ पूस्तासम्म लाभान्वित हुने संस्थापक परिवारको विश्वास रहेको छ । उद्घाटन मंगलोत्सव कार्यक्रममा आसन ग्रहण,उद्घाटन शिला अनावरण तथा सेवाश्रम निरिक्षण,शुभाशिर्वचन तथा सम्मान कार्यक्रम,प्रसाद वितरण तथा मांगलिक कार्यक्रमको आयोजन हुने समितिको सचिव पशुपति कुमार झाले जानकारी गराउनु भयो । जलेश्वर नगपालिका वडा नं।—४ सुगाभवानीपट्टीको शुकदेश्वर पोखरीदेखि दक्षिण लक्की बिल्डर्स कन्सट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रा।लि।चन्द्रगिरी,काठमाडौंद्वारा करिव ४ करोडको लागतमा तयार भएको अढाई तल्ले भवनलाई बिहे,उपनायन,ब्रतबन्ध,माँगलिक कार्य तथा सामाजिक विभिन्न प्रयोजनमा उपयोग गर्न सकिने सचिव झाले जानकारी गराउनु भयो । साथै निजको अनुसार यस आश्रमको संचालन तथा व्यवस्थापनको लागि न्यूनतम भाडा रकम लिइने बताउनुभयो ।
यसले भडकिलो खर्चबाट बचत भई
सामाजिक आर्थिक बचत हुनुको साथै ग्रामिणलाई बाहिर जाने झन्झट नरहने सचिव झाले थप्नुभयो । यसमा मिथिला म्युजियम तथा पुस्कालयको समेत व्यवस्थापन गरिने जानकारी सचिव झाले गराउनुभयो । यो आश्रमको लागि भूमि व्यवस्थापनदेखि भवन निर्माणसम्मको सम्पूर्ण खर्च संस्थापक तथा संरक्षक तथा पूर्व मधेस प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ तथा उनको परिवारको समर्पण रहेको सचिव झाले जानकारी गराउनु भयो । सचिव झाले स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण ग्रामिणलाई उद्घाटनको दिन निमन्त्रणा पाएका तथा नपाएका सम्पूर्ण सुगाभवानीपट्टीबासीलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन सबैमा संस्थापक तथा संरक्षक रत्नेश्वर लाल कर्णले अनुरोध गर्नु भएको बताउनुभयो । वर्तमान आश्रमको समितिमा संस्थापक तथा संरक्षक रत्नेश्वर लाल कर्ण,संस्थापक तथा अध्यक्ष सविता लाल कायस्थ,संस्थापक अर्चना कायस्थ,कर्पणा कायस्थ,अवनीश कायस्थ,अवरीश कायस्थ,उपाध्यक्ष अनिल चन्द्र लाल,सचिव पशुपति कुमार झा,कोषाध्यक्ष प्रवीण कुमार लाल कर्ण,सदस्यहरुमा विनय कापर,साधना लाभ तथा जितु महतो रहेका छन् ।