जलेश्वरटुडे समाचारदाता
धनुषा, ४ पुस
श्री देवअंशी लहेरी स्वजाती समितिले जनकपुरधाममा भव्य रुपमा विवाहपञ्चमी मनाएको छ ।
सो अवसरमा निःशुल्क स्वास्थ्य तथा परामर्श शिविर तथा निःशुल्क पेय जल वितरण कार्यक्रम बाह्रबिघा मैदानमा संचालन गरिएको समिति अध्यक्ष मुकेश कुमार साहले बताउँनुभयो ।
त्यसैगरी सीताराम भजन तथा नगर परिक्रमा कार्यक्रम समेत गरिएको महासचिव पवन कुमार साहले बताउनुभयो ।
त्यसैगरी जनकपुरधाम वडा नं.—४ मा अवस्थित श्री सत्यनारायण भगवानको मन्दिरमा बाह्य अतिथिको लागि भोजन तथा आवासको व्यवस्था समेत गरिएको थियो ।
यस कार्यक्रमबाट हजारौ व्यक्तिहरु लाभान्वित भएको सल्लाहकार भरत साहले बताए ।
यस कार्यमा स्वजाति लक्ष्मण साह(आर्थिक),पप्पु साह(स्वास्थ्य शिविर),लक्ष्मण साह कपिलेश्वर(ट्रेक्टर) लगायत सम्पूर्ण समितिको सहयोग रहेको कोषाध्यक्ष शत्रुधन साहले बताउनुभयो ।