गठबन्धनले चोर र ठगलाई मन्त्री बनाए : डिला संग्रौला – Jaleshwortoday

गठबन्धनले चोर र ठगलाई मन्त्री बनाए : डिला संग्रौला

 ४ चैत्र २०८०, आईतवार २३:४०  
2

गणेश कुमार सिंह
बर्दिबास, ४ चैत्र

नेपाली काग्रेसका केन्द्रिय सदस्य डिला संग्रौलाले परालको खुट्टामा उभिएको गठबन्धनले चोर र ठगलाई मन्त्री बनाएको टिप्पणि गरेकी छिन । सहकारिमा ठगि गरेको, सुन तस्करीमा संलग्न भएकाहरुलाई गठबन्धनले मन्त्री बनाएको आरोप लगाउदै उनिहरुले तत्काल राजिनामा दिनु पर्ने संग्रौलाले बताइन ।
महोतरीको बर्दिबासमा आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय व्यवस्था समस्या रहेको भन्दै प्रश्न उठिरहेकोले संविधान पुर्नावलोकन हुनु पर्ने बताइन ।
कुनै पनि दलको बहुमत नहुदा सरकार बनाउन तनातानको राजीतिले सरकार बनाउने र ढाल्ने खेलमा जनताको समस्या ओझेलमा परेको छ, संग्रौलाले भनिन्,‘संविधान संशोधन गरी निर्वाचन प्रक्रियालाई सुधार गर्नु आवश्यक छ । निर्वाचन अगाडी गठबन्धन बनाउन नमिल्ने र निर्वाचन पछि सरकार बनाउन बहुमत नहुदा मात्रै गठबन्धन गर्न मिल्ने व्यवस्था गर्नु पर्छ ।’ झुठ र बेइमानिको राजनिति बिरुद्ध नेपाली काग्रेस सडक, सदन र संगठन–संगठन बीच एकता गरी आन्दोलन गर्ने तयारी गरेको छ, उनले भनिन् ।
नेपाली काग्रेस आफनो खुट्टामा उभिएर रुखमा मात्रै भोट हाल्ने निर्णय गर्दा कम्युनिष्टहरु आतिएको उनले आरोप लगाइन ।