गणेश कुमार सिंह
महोत्तरी, ६ चैत्र
नागेन्द्र सत्या र देवनारायण महतोले गौशाला नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।
गौशाला नगरपालिकामा अधिकांश खेतीयोग्य जग्गा क्षेत्रमा बाँदरले आतङ्क मचाइरहेको घट्ना गौशाला नगरपालिकालाई नागेन्द्र सत्या र देवनारायण महतोले ज्ञापन पत्र मार्फ जानकारी गराउएका छन् ।
खास गरेर मराहा नदी र बाँके खोलले बीचको भू-भाग पर्ने क्रमशः वडा नम्बर ११, १२, १०,९,७ मा विशेष क्षति पुरयाइरहेको अवस्था समेत जानकारी गराउन चाहन्छौं। यस भेगका जनताहरू कृषि पेशामै आश्रित रहेको तपाईलाई अवगत नै छ। वडा नम्बर १०, ११, १२ वनजङ्गल संग जोडिएको धेरै नै हुनाले यी तीन क्षति पुरयाइरहेको छ। बाली भित्रयाउने बेला हुनै लाग्दा वटै वडामा बाँदरहरूले धेरै मेहनत गरेर लगाएको बादरहरन्ले बालीनाली क्षती गरिदिने हुनाले किसान आर्थिक मारमा परेका छन् ।
शिक्षा, स्वास्थ्य र मानसिक दुवै कृषिको विकासमा नगरपालिकाको पहिलो प्राथमिकता रहने प्रतिवद्धता गरेको कुरा स्मरण गराउदै यस भेगका किसानहरन्को पीडा- लाई मध्यनजर गर्दै बादरले आतङ्क मचाई क्षति पुरयाएको क्षेत्रको अनुगमन गरी किसानहरूलाई राहत उपलब्ध गराउनुको साथै बाँदरलाई नियन्त्रणमा लिइ बाँदरहरन्को उचित व्यवस्थापन गरिदिनु हुन अनुरोध गरेका छन् ।
दिनरात मेहनत गर्ने किसानहरु बादर आतंकले गर्दा आर्थिक र मानसिक मारमा परेका छन्। त्यो अवस्थाले हामी सार्है दुखित छौँ। सो कुरालाई मध्यनजर गर्दै हामीले नगरपालिकामा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छौँ। नगरपालिकाले छिट्टै किसानको पीडामा मलहम लगाउने आश्वासन दिनुभएको छ।
नगर प्रमुखज्युले बादर आतंक छिट्टै नियन्त्रण गर्न पहल चालिसकेको समेत जानकारी गराउनु भएको छ। तर यस भेगमा आँपको खेती व्यापक रुपमा हुने भएकोले, सो फललाई अलि पनि असर गर्नुभन्दा पहिले बादर आतंक नियन्त्रण भइसक्नेमा आशावादी छौँ। किसानको पीडा छिट्टै अन्त्य होस् भने नागेन्द्र सत्या र देवनारायण महतोले नगरपालिकामा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराए ।