
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ८ चैत्र
इण्डियन प्रिमियर लीग(आइपीएल)को १७औं संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नईले बैंग्लोरको सामना गर्ने भएको छ । खेल नेपाली समायानुसार साँझ ८ः१५ बजेदेखि भारतको चेन्नईमा हुनेछ । दुवै टोलीको तयारी पूरा रहेकोले उद्घाटन खेलमै आइपीएलको रोमाञ्च चरमसीमामा पुग्ने विश्वास गरिएको छ । डुप्लासिसको नेतृत्वमा रहेको बैंग्लोर टोलीमा स्टार खेलाडी विराट कोहली, ग्लेन म्याक्सवेल र दिनेश कात्र्तिक छन् । यता प्रतियोगिताको पूर्व सन्ध्यामा महेन्द्र सिंह धोनी चेन्नई सुपर किंग्सको कप्तानी छाडेका छन् । उनको स्थानमा रितुराज गायकवाडलाई चेन्नईको कप्तान बनाएको छ ।
चेन्नई सुपर किंग्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एमएस धोनीले आगामी टाटा आईपीएल २०२४ को लागि चेन्नईको कप्तानी रितुराज गायकवाडलाई सुम्पेका छन् । रितुराज २०१९ देखि चेन्नइको हिस्सा रहेका छन् र यस अवधिमा उनले ५२ खेल खेलेका छन् ।“
रितुराज गायकवाडले अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा उनले ११५ रन बनाएका छन् । योसँगै उनले १९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ सय रन जोडेका छन् ।
रितुराज गायकवाडले सन् २०२० मा आईपीएलमा डेब्यु गरेका थिए । सन् २०२१ को आईपीएल सिजनमा रुतुराज गायकवाड सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।