सडकमा माछा फालेर प्रदर्शन – Jaleshwortoday

सडकमा माछा फालेर प्रदर्शन

 ९ चैत्र २०८०, शुक्रबार २२:११  
machha

जलेश्वरटुडे समाचारदाता
सर्लाही, ९ चैत्र

सरकारले अनुचित रुपमा विद्युत महशुल चार गुणा वृद्धि गरेको भन्दै सर्लाहीका माछापालक किसानले शुक्रबार बिहान सडकमा माछा फालेर विरोध प्रदर्शन गरेका छन् ।

सर्लाहीको पूmलजोर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा किसानले माछा सडकमै फालेर प्रदर्शन गरेका हुन् ।

मधेशका जिल्लाहरुमा माछाको माग अत्यधिक रहेको छ । तर, माछा पालकलाई सरकारले सहयोग नगरेको उनीहरुको गुनासो छ ।

झण्डै एक क्विन्टल माछा सडकमा फालेर शुक्रबार बिहानै चक्काजाम गरे ।

एक्कासी बढाइएको विद्युत महशुल फिर्ता गरी पहिलेकै महशुल कायम गर्न माग राख्दै माछाको पकेट क्षेत्र मानिने इश्वपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानल प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमै माछा फालेर केहीबेर नाराबाजीसहित चक्काजाम समेत गरेका थिए ।

माछापालक किसान इश्वरपुर नगरपालिका–३ का रामनारायण सहनीले अहिले बढाएको विद्युत महशुल अनुसार माछापालन गर्दा आपूmहरुलाई टिक्नै गाहे पर्ने दुखेसो पोखे । उनले विद्युत महशुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए ।

भक्तिपुरकै किसान लक्ष्मीप्रसाद लामिछानेले यसअघि माछापालनका लागि पोखरीमा मोटर चलाउँदा प्रति युनिट तीन रुपैयाँ विद्युत महशुल तिर्दै आइरहेकामा विगत चार÷पाँच महिनादेखि महशुल बढाएर प्रति युनिट १२ रुपैयाँ पुर्याएको बताए । सरकारले हामीलाई पोखरी खन्नका लागि १० प्रतिशत अनुदान दिएर माछापालन गर्न प्रोत्साहित गर्यो, लामिछानेले भने–अहिले फेरी यही सरकारले विद्युत महशुल बढाएर तीन रुपैयाँबाट १२ रुपैयाँ पुर्याएको छ, यसैको विरोधमा हामी सडकमा आएका हौ ।

आन्दोलित माछापालक किसानले विद्युतको पुरानो महशुल कायम गर्न माग गरेका छन् । किसानले भारतीय माछाका कारण आपूmहरुले उत्पादन गरेको माछाले भाउ नै नपाइरहेको अवस्थामा चर्को विद्युत महशुल लिदा व्यवसायमा टिक्नै मुस्किल परेको गुनासो गरेका छन् ।

माछापालक किसानसँगै प्रदर्शनमा उत्रिएका इश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्यले आप्mनै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत महशुल वृद्धि गरेर अन्याय गरिएको बताए । स्वदेशमै व्यवसाय गर्छु भन्ने युवा तथा किसानलाई विद्युत महशुल बढाएर हतोत्साहित गर्ने काम गर्नु गलत हो, नगरप्रमुख आचार्यले भने–यो नीतिले युवालाई अझ विदेशिन बाध्य बनाउँछ ।

नगर प्रमुख आचार्यले माछापालक किसानको माग सम्बोधनका लागि आपूm सिंहदरबारमै पुगेर लम्पसार पर्न तयार रहेको बताए ।

नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले कृषि मिटर राख्दै आएका माछापालक किसानलाई गएको साउनदेखि उद्योग अन्तर्गत राखेर विद्युत महशुल उठाउँदै आएको छ ।

लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिचाई मिटरको प्रयोग गर्न नपाइने बताए । माछा सडकमा फालेपनि सरोकारबाला निकायले चासो लिएका छैनन् ।