जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ११ चैत्र
जनकपुरधाममा ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एक कार्यक्रम वीच होलि महोत्सव मनाएका छन् ।
कार्यक्रममा विद्यालयको संस्थापक तथा प्रधानाध्यापक प्रा.पवन कुमार साहलाई कार्यक्रमको अध्यक्षता ग्रहण गराईएको थियो । त्यसैगरी विद्यालयको उपप्रधानाध्यापक सोनी साह,वरिष्ठ शिक्षक सरोज कुमार झा,विवेकानन्द झा,शिक्षक,शिक्षिका,अभिभावक तथा विद्यार्थीहरु समेतलाई आसन ग्रहण गराईएको थियो । सर्वप्रथम उपस्थित पुरुष तथा महिला अभिभावकहरुलाई होलिको टोपि तथा अबिर लगाई प्रधानाध्यापक साह,उपप्रधानाध्यापक सोनी साह,वरिष्ठ शिक्षक सरोज कुमार झा तथा विवेकानन्द झाले सामुहिक रुपमा सम्मान गरेका थिए । त्यसैगरी पालैपालो शिक्षक,शिक्षिका,विद्यार्थीहरुलाई अबिर लगाई प्रधानाध्यापक तथा उपप्रधानाध्यापक साहले सम्मान गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तब्य वरिष्ठ शिक्षक सरोज कुमार झाले राख्दै होलिको महत्वबारे प्रकाश पार्नु भएको थियो । त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक साहले होलि सभ्य तरिकाले मनाउन उपस्थित सम्पूर्ण गुरुवर्ग,अभिभावक तथा विद्यार्थीहरुलाई आग्रह गर्नुका साथै अरुलाई समेत सचेत गर्न गराउन आग्रह गर्नुभयो । होलि रंग अबिर आदानप्रदान तथा भाइचारा बाँडने महान पर्व रहेको प्र.अ.साह बताउनुभयो । कार्यक्रमको संचालन तथा उद्घोषण विद्यालयको शिक्षक जय मिश्रले गर्नु भएका थिए ।