एक विद्यार्थीले दिए, प्रहरी हिरासतबाटै एसईई – Jaleshwortoday

एक विद्यार्थीले दिए, प्रहरी हिरासतबाटै एसईई

 १५ चैत्र २०८०, बिहीबार २१:४६  
2

गणेश कुमार सिंह
सर्लाही, १५ चैत्र

एक विद्यार्थी प्रहरी हिरासतमै माध्यमिक शिक्षा परीक्षा(एसईई) मा सहभागी भएका छन् ।

बागमती-२ धरहरा निवासी १६ वर्षीय ती विद्यार्थीले ईलाका प्रहरी कार्यालय हरिवनकाे हिरासतबाटै एसईईमा सहभागिता जनाएका हुन् । ज्ञानज्याेति आवासिय विद्यालय नयाँराेडमा अध्यनरत उनकाे महेन्द्र मावि कर्मैयामा परीक्षा केन्द्र थियाे । आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि प्रहरी नियन्त्रणमा रहेका उनले विहिबारबाट सूरु भएकाे एसईईमा हिरासतबाटै सहभागीता जनाएका हुन् ।

परीक्षा केन्द्र महेन्द्र माविका १ जना प्रतिनिधि राखेर उनलाई एसईई दिने व्यवस्था मिलाईएकाे प्रहरीले जनाएकाे छ ।