प्रथम अन्तरनगरपालिका मेयर कप फुटबल प्रतियोगितामा गणेशमान विजयी उत्कृष्ट खेलाडी,गोलकिपर तथा स्कोर्र बाट धनुषाधाम नै सम्मानित – Jaleshwortoday

प्रथम अन्तरनगरपालिका मेयर कप फुटबल प्रतियोगितामा गणेशमान विजयी उत्कृष्ट खेलाडी,गोलकिपर तथा स्कोर्र बाट धनुषाधाम नै सम्मानित

 ९ पुष २०७७, बिहीबार ०९:५३  
Game

जलेश्वरटुडे समाचारदाता
धनुषा, ८ पुस

प्रथम अन्तरनगरपालिका मेयर कप फुटबल प्रतियोगिता बुधबार यज्ञभूमि धारापानीमा समपन्न भएको छ ।

Image may contain: one or more people, people playing sports and outdoor

प्रतियोगिता धनुषाधाम र गणेशमान चारनाथ नगरपालिका विच भएको थियो । प्रतियोगिता कार्यक्रममा धनुषाधाम नगरपालिका वडा नं. ९ को वडाध्यक्ष संजिव यादवले सभापतित्व ग्रहण गर्नुभयो भने प्रमुख अतिथिमा धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डल,विशिष्ट अतिथिमा प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्की र जलेश्वर टुडे पत्रिकाका प्रकाशक तथा सम्पादक पवन कुमार साह र पूर्व सभासद पुष्पलता लामा तथा खेल संयोजकमा यज्ञभूमि युवा समाजको अध्यक्ष कल्याण कुमार खड्काले आसन ग्रहण गर्नु भएको थियो ।

Image may contain: one or more people, people on stage and outdoor

प्रतियोगिता करिब २ बजे संचालन भएको थियो । करिब २० मिनेट अगाडी गणेशमान चारनाथ नगरपालिका खेलाडीले पेनाल्टी हान्दा करिब ७० मिनेटमा धनुषाधाम विरुद्ध गोल हान्न सफल भएको थियो । त्यही अन्तिम गोल निर्णायक साबित भएको थियो ।

Image may contain: one or more people, sky, outdoor and nature

उत्कृष्ट गोलकिपरमा धनुुषाधामको संगम भुजेल,उत्कृष्ट डिफेन्डरमा गणेशमानको नविन पूर्वथामे मगर,उत्कृष्ट स्कोर्रमा धनुषाधामको आशिष मगर तथा उत्कृष्ट खेलाडीको उपाधि धनुषाधामकै मनोज तामाङगले पाएका थिए । खेलको पूर्वाद्धदेखि अन्तिम समयसम्म दर्शकहरुको ठूलो घुइँचो रहेको थियो ।
खेलमा खेलाडीहरु सामान्य घाइते र खेलाडी फेरिए पनि खेल ज्यादै नै रोमाञ्चक रहेको थियो ।

Image may contain: one or more people, people playing sports and outdoor

खेलमा अन्य सहयोगी हरु,रेफ्रि तथा निर्णायक मण्डलले अभूतपुर्व सहयोग गर्नुभएको थियो ।

Image may contain: one or more people, tree and outdoor

खेलको आयोजना धनुषाधाम नगरपालिकाको सहयोगमा भएको धनुषाधाम न.पा.को लेखापाल प्रशान्त कुमारले जानकारी गराउनुभयो ।

Image may contain: one or more people, people playing sports, people standing and outdoor