दक्षिण मधेशको विकासमा यु.एन (UN) को उपस्थिति अझ आवश्यक: अध्यक्ष डा.दत्त – Jaleshwortoday

दक्षिण मधेशको विकासमा यु.एन (UN) को उपस्थिति अझ आवश्यक: अध्यक्ष डा.दत्त

 १८ चैत्र २०८०, आईतवार २२:१०  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १८ चैत्र

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई/मधेशको दक्षिण क्षेत्रको विकासमा संयुक्त राष्ट्रसंघ र अन्तर्गतका निकायहरुको उपस्थिति अझ आवश्यक रहेको बताएका छन् | नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि हन्ना सिंगार हाम्डी संगको भर्चुवल बैठकमा अध्यक्ष डा.दत्तले संयुक्त राष्ट्रसंघ अन्तर्गत विभिन्न निकायहरुको तराई-मधेशका पिछडिएका क्षेत्रमा प्रभावकारी उपस्थिति बढाउन आग्रह गरेका छन् |

सो बैठकमा आफ्नो भनाई राख्दै अध्यक्ष डा.दत्तले आयोग संयुक्त राष्ट्रसंघका निकायहरुसंग सहकार्य गरि सचेतनामुलक तथा सीपमूलक तालिम आयोजना गर्न सदैव तयार रहेको समेत बताउनुभएका छन् | तराई-मधेशको विकासले मात्र देशको विकास सम्भव हुने बताउदै अध्यक्ष डा.दत्तले सो विकासको निमित हामी सबै हातेमालो गरी अगाडी बढ्नुपर्ने अनुरोध गरेका छन् |

बैठकका बोल्दै यु.एनका स्थायी प्रतिनिधि हन्ना सिंगर हाम्डीले यस्ता महत्वपूर्ण विषयमा आफुलाई ध्यानकर्षण गराएकोमा अध्यक्ष डा.दत्तलाई धन्यवाद दिदै यथाशिघ्र सयुक्त राष्ट्रसंघको नेपालको कार्यालयले आयोग संग सहकार्य गरी तराई-मधेशमा अझ प्रभावकारी कार्यक्रमहरु संचालन गर्ने प्रतिबध्ता व्यक्त गरेकी छिन |