गोपाल सेवा समिति धनुषामा अंकेश्वर, शपथ भोली – Jaleshwortoday

गोपाल सेवा समिति धनुषामा अंकेश्वर, शपथ भोली

 २१ चैत्र २०८०, बुधबार ०७:१७  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २० चैत्र

गोपाल सेवा समिति धनुषा जिल्ला कार्य समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।

गएको शनिबार सम्पन्न गोपाल सेवा समितिको छैठौ जिल्ला अधिवेशनले अंकेश्वर यादवको अध्यक्षतामा १४ सदस्यीय धनुषा जिल्ला कार्य समिति सर्वसम्मतले चयन गरिएको थियो ।

समितिको उपाध्यक्षमा उपेन्द्र यादव, सचिवमा राजकुमार यादव, सहसचिवमा मदन यादव, कोषाध्यक्षमा दिगम्बर यादव र सहकोषाध्यक्षमा संगिता कुमारी यादव सर्वसम्मत चयन भएका हुन् ।

जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनले सदस्यहरुमा पवन कुमारी यादव, निरस यादव, गुदर यादव, शम्भु कुमार गोहिवार, रामकुमार यादव, रिपु गोहिवार, कपिलदेव यादव र रिना कुमारी यादव रहेका छन् ।

जनकपुरधामको विषहरा पोखरीस्थित गोपाल सेवा समितिको केन्द्रीय कार्यालयमा झण्डै ६ वर्षपछि भएको जिल्ला अधिवेशनमा गोपाल सेवा समितिका केन्द्रीय कार्यवाहक अध्यक्ष बजरंग यादव, प्रतिनिधिसभा सदस्य, मुक्ता कुमारी यादव, प्रदेशसभा सदस्य शेषनारायण यादव, रामगोविन्द यादव, पूर्व जिल्ला अध्यक्ष उमेश यादव, उपाध्यक्ष रामपुकार यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गोपाल सेवा समिति धनुषा जिल्ला कार्य समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले यही चैत २२ गते बिहीबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको नवनिर्वाचित सचिव राजकुमार यादवले बताए ।