जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २० चैत्र
काठमाण्डौंकी यमुना ढकाल मेची–महाकाली साइकल यात्रामा निक्लेकी छन् ।
गत सातादेखि मेचीबाट यमुनाले स्वास्थ्य वातावरण,पर्यटन संस्कृति र खेलकूद विकासको लागि साइकल चढौ, योग गरौ र रुख रोपौ भन्ने नाराका साथ मेचीबाट यात्रा सुरु गरेकी हुन् । यमुनालाई ठाउँ ठाउँमा स्थानीयहरुले स्वागत गरेका छन् । मंगलबार सर्लाही पुगेकी यमुनालाई स्थानीयहरुले सम्मान गरेका छन् । उनको मेची–महाकाली साइकल यात्रा सफलताको शुभकामना दिदै जनप्रतिनिधि, सर्वसाधारणहरुले सम्मान गरेका छन् ।
मधेश प्रदेशमा रहेकी उनलाई बाटोमा खासै समस्याको सामना गर्नुपरेको छैन् । सप्तरीदेखि धनुषासम्मको पूर्व–पश्चिम राजमार्ग निर्माणाधीन अवस्थामा रहेकाले यमुना मदन भण्डारी राजमार्ग भएर महोत्तरी प्रवेश गरेकी थिइन् । अहिलेसम्मको यात्रा खासै कठीन नभएपनि आगामी यात्रा चुनौतीपूर्ण हुने उनी बताउँछिन् ।