महाेत्तरी: एसइईमा ३० परीक्षार्थी,४ निरीक्षक र एक जना परीक्षा सहायकमाथि कारवाही – Jaleshwortoday

महाेत्तरी: एसइईमा ३० परीक्षार्थी,४ निरीक्षक र एक जना परीक्षा सहायकमाथि कारवाही

 २१ चैत्र २०८०, बुधबार ०८:२७  
1

गणेश कुमार सिंह
महोत्तरी, २० चैत्र

माध्यमिक शिक्षा परीक्षा १ (एसईई) मा अनियमितता गर्ने ३० जना परीक्षार्थी,४ निरीक्षक र एकजना परीक्षा सहायकमाथि परीक्षा अनुगमन टोलीले कारवाही गरेको छ । अनुगमन टोलीले परीक्षा केन्द्रहरुवाट ९३ थान मोवाईल सेटसमेत नियंत्रणमा लिएको छ । यो वर्ष महोत्तरीका ३२ परीक्षा केन्द्रबाट नौ हजार ४३१ जना एसईई परीक्षामा सहभागी छन् । परीक्षालाई स्वच्छ र मर्यादित बनाउन प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी र शिक्षा विकाश तथा समन्वय इकाई प्रमुखको नेतृत्वमा रहेको छुट्टाछुट्टै टोलीले हरेक केन्द्र र परीक्षा कोठामै पुगेर अनुगमन गर्दै आएको छ । यसको अलावा इलाका प्रशासन र स्थानीय सुरक्षा प्रमुखहरूले पनि आफना क्षेत्रका केन्द्रहरुमा अनुगमनलाई निरंतरता दिएका छन् । अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल नेतृत्वको अनुगमन टोलीले मटिहानी, पिपरा र रतौली केन्द्रबाट विज्ञान विषयको चीट र गाइडसहित फेला परेका २८ जना परीक्षार्थीको उत्तरपुस्तिका नियंत्रणमा लिई कारवाही गरिएको छ । तथापि उनीहरूको परीक्षा भने रद्द नगरिएको प्रजिअ गेलाले बताउनु भयो । “अमर्यादित कार्य गरेको पाइएपछि उत्तरपुस्तिका मात्र नियंत्रणमा लिई विज्ञान विषयको परीक्षाबाट वञ्चित गरिएको हो’ गेलाले भन्नु भयो । प्रजिअ गेलालकै अनुगमन टोलीले पिपरा केन्द्रबाट एक जना परीक्षा सहायकमाथि पनि कारवाही गरि बाँकी परीक्षामा बस्न नपाउने गरि निष्कासन गरेको छ । त्यस्तै सहायक प्रजिअ उपेन्द्र न्यौपाने को अनुगमन टोलीले मोवाईलसहित फेला परेका २ जना विद्यार्थीको परीक्षा रद्द गरेको छ। अनुगमनका क्रममा राम मावि मटिहानी र खखना केन्द्रका २ जना परीक्षार्थीले मोबाईलबाट प्रश्नपत्र आउट गरेकाले दुवैजनामाथि कारवाही गरिएको न्यौपानेले जनाउनु भयो । परीक्षामा मोवाईल बोकन र प्रयोग गर्न निषेध गरिए पनि त्यसको उल्लंघन गर्दै दुवै परीक्षार्थीले मोवाईल बोकेको र जाँच गर्दा प्रश्नपत्रको फोटो खिची हवाट्स एपबाट आउट गरेको फेला परेपछि कारवाही गरिएको उहाँले बताउनु भयो । त्यस्तै न्यौपानेकै अनुगमन टोलीले सुकदेव मावि सुगा केन्द्र, जलेश्वरस्थित कन्या मावि केन्द्र, खयरमारा र खखना केन्द्रबाट परीक्षामा मर्यादा पालन नगराएको पाईएपछि ४ जना निरीक्षकलाई निष्कासन गरेको छ । यो पटकको एसईईमा मोवाईलको दुरुपयोग अप्रत्यासित रूपमा बढेको अनुगमन टोलीले जनाएको छ । परीक्षामा केन्द्रध्यक्षबाहेक अरूलाई मोवाईल बोकन र प्रयोग गर्न निषेध गरिएको छ । तर नियमको उल्लंघन गर्दै परीक्ष कोठामा लगेका ९३ थान मोवाईल बरामद भएको शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख प्रतिभा साहले बताउनु भयो । अनुगमनका क्रममा शंकास्प परीक्षार्थीको तलासी लिदा ती मोबाईल वरामद भएका हुन् । मंलवार सम्पन्न विज्ञान विषयको परीक्षाको अनुगमनका क्रममा प्रजिअ गेलाल नेतृत्वको टोलीले मटिहानी, पिपरा र रतौली केन्द्रबाट २२ थान र इकाई प्रमुख साह नेतृत्वको टोलीले भ्रमरपुरा, रतौली र महोतरी केन्द्रबाट गरि ३० थान मोवाई नियंत्रणमा लिएको छ । यसअधिका अंग्रेजी, नेपाली र गणित विषयका परीक्षाबाट ६३ थान मोबाईल वरामद गरेको प्रजिअ गेलालले बताउनु भयो । सवै मिलाएर अहिलेसम्म ९३ थान मोवाईल सेट बरामद भएको छ प्रजिअले भन्नु भयो ।