ताइवानमा गएको भूकम्पमा अहिलेसम्म चार जनाकाे ज्यान गएकाे पुष्टि – Jaleshwortoday

ताइवानमा गएको भूकम्पमा अहिलेसम्म चार जनाकाे ज्यान गएकाे पुष्टि

 २१ चैत्र २०८०, बुधबार २३:२२  
2

गणेश कुमार सिंह
काठमाडौ, २१ चैत्र

ताइवानमा भूकम्पमा परि अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ । पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पका कारण भत्किएका भौतिक संरचना हटाएर मानिस निकाल्ने काम भइरहेको छ ।

ताइवानका राष्ट्रपति साइ इङ वेनले भूकम्पपछि सेनाले तत्काल उद्धारकाे काम थालेको बताउनुभयो । आपत्कालीन अवस्थामा ताइवानलाई आवश्यक सहयोगका लागि चीनले समेत पहल गरेको बीबीसीले जनाएको छ ।

यसैबीच भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् । ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको बीबीसीले जनाएको छ ।

यस्तै फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ ।