हसिना खानलाई जसपाको समानुपातिक सांसदमा सिफारिस – Jaleshwortoday

हसिना खानलाई जसपाको समानुपातिक सांसदमा सिफारिस

 २२ चैत्र २०८०, बिहीबार २२:३६  
2

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ चैत्र

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले २७ वर्षीया खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जास्पाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मञ्जुको निधन भएपछि एउटा पद रिक्त थियो ।

फागुन १३, २०७९ मा शहनाज रहमानको मृत्यु भएपछि खाली भएको सिटमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि सिभिल अस्पतालमा उपचारको क्रममा चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिसमा परेकी हुन् ।

जसपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक मुस्लिम महिला क्लस्टरको सूचीमा हसिना थिइन् ।