मटिहानी नगरपालिकामा करीब २ हजार घर परिवारलाई ग्यास चुलोको सेट निःशुल्क वितरण – Jaleshwortoday

मटिहानी नगरपालिकामा करीब २ हजार घर परिवारलाई ग्यास चुलोको सेट निःशुल्क वितरण

 २४ चैत्र २०८०, शनिबार २३:०४  
25

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ चैत्र

महोत्तरी क्षेत्र नं. ३ का सांसद महन्थ ठाकुरले दलित र अति विपन्न परिवारलाई खाना पकाउने ग्यासको सिलिण्डर र चुलो निःशुल्क वितरण गरेका छन ।आज शनिबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ स्थित श्री राम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सिलिण्डर र चुलोको सेट हस्तान्तरण गरिएको छ ।
सुशीला ठाकुर मेमोरियल हेल्थ फाउंडेशनलाई सिलिण्डर र चुलो भारत सरकारको साना विकास परियोजना अन्तर्गत प्राप्त भएको थियो ।मटिहानी नगरपालिकाका वड़ा १ देखि ९ सम्मका करीब २००० अति विपन्न तथा दलित परिवारलाई निःशुल्क सिलिण्डर र चुलो वितरण गरिएको कुरा सुशीला ठाकुर हेल्थ मेमोरियल फाउंडेशन धनुषाका अध्यक्ष डा. मिनाक्षी ठाकुरले बताएका छन ।ठाकुरले नेपाल र भारतबीच पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताएका छन । उनले भारतबाट हुने यस किसिमका सहयोगले नेपाल–भारतका जनताबीच अझ मजबुत सम्बन्ध बनाउन सहयोग हुने बताएका छन ।उनले भन्ने ‘मेरो मुख्य उद्देश्य नै दलित र अति विपन्न परिवारहरूको आर्थिक, सामाजिक रुपमा उत्थान गर्नु रहेको छ ।यस किसिमका सहयोगले महिलाहरूको स्वास्थ्यमा सुधार हुनुका साथै खाना पकाउन समयको पनि बचत हुनेछ ।’कार्यक्रमको अध्यक्षता ग्रहण गरेका मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले भारत सरकारको सहयोगले नेपाली जनतालाई मद्दत पुग्ने बताएका छन् ।उनले नेपाल र भारतबीचको सम्बन्धलाई झन् बजबुत बनाउन यी र यस्ता सहयोगको ठूलो महत्व हुने बताए । साथै आफू आफ्नो नगरपालिकालाई धुवाँ धूलोमुक्त नगरपालिका बनाउन अग्रसर रहेको बताए ।