सर्लाहीको बलराबाट खुलेयाम तस्करी – Jaleshwortoday

सर्लाहीको बलराबाट खुलेयाम तस्करी

 २४ चैत्र २०८०, शनिबार २३:१६  
2

गणेश कुमार सिंह
मलंगवा, २४ चैत्र

राजश्व चुहावट तथा तस्करी रोक्न प्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार निर्देशन दिइरहेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक समेतलाई बोलाएर सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी रोक्न बारम्बार निर्देशन पनि दिइरहेका छन् । तर सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी दयानिधि ज्ञवालीले मातहतका प्रहरी युनिटका प्रमुखहरूलाई बारम्बार चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिएपनि बलरा नाकाबाट भने अहिले व्यापक तस्करी भैरहेको छ। बलरा नाकाबाट अहिले तस्करीको लाइन पाउने तस्करहरूमा श्याम साह कपडा , प्रभान्स कपडा , राजेश कपडा , अरूण सिंह माछा , फौजी सिंह माछा , मनोज चौधरी कपडा , मुना महत्तो, नागेन्द्र महत्तो गिट्टी बालुवा , मुना, राजु सिंह , राजन सिंह रक्सी र रोशन महत्तो धान रहेका छन् । अहिले बलरा स्थित प्रहरी प्रमुखमा शम्भु पौडेल रहेका छन् । उनको संरक्षणमा अहिले यो नाकाबाट व्यापक तस्करी भैरहेको छ।