भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु – Jaleshwortoday

भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु

 २७ चैत्र २०८०, मंगलवार २२:२४  
2

गणेश कुमार सिंह
भारत, २७ चैत्र

भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। नैनिताल जिल्लामा भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको हो।

मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।

सोमवार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यामहरुले बताएका छन्। स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ)को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो।