राप्रपाको प्रदर्शनमा झडप, निषेधित क्षेत्र तोड्न खोजेपछि हानियो पानीको फोहोरा – Jaleshwortoday

राप्रपाको प्रदर्शनमा झडप, निषेधित क्षेत्र तोड्न खोजेपछि हानियो पानीको फोहोरा

 २७ चैत्र २०८०, मंगलवार २२:४९  
4

गणेश कुमार सिंह
महोत्तरी, २७ चैत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानिएको छ। सिंहदरबारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो। प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप समेत भएको थियो। प्रहरीले केही प्रदर्शनकारी पक्राउसमेत गरेको छ।
संवैधानिक राजतन्त्रका पुन:स्थापनासहित संघीयता र धर्मनिरपेक्षताका खारेजीको माग राख्दै राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गरेको हो। राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४० बुँदे माग गर्दै आन्दोलनको घोषणा गरेको थियो।