ज्ञान गंगाले नेपाल प्याब्सन परित्याग गरी गरे मधेस प्याब्सनमा प्रवेश – Jaleshwortoday

ज्ञान गंगाले नेपाल प्याब्सन परित्याग गरी गरे मधेस प्याब्सनमा प्रवेश

 २ बैशाख २०८१, आईतवार ००:०८  
2

जलेश्वरटुडे समाचारदाता
धनुषा, १ बैशाख

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका संस्थापक तथा प्रधानाध्यापक पवन कुमार साहले एक कार्यक्रम वीच नेपाल प्याब्सन परित्याग गरी मधेस प्याब्सनमा प्रवेश गरेका छन् ।
नव वर्ष २०८१ को आगमन सँगै संस्थापक साहले नेपाल प्याब्सनको नगर सचिव पद तथा साधारण सदस्य पदमा समेत नरहने गरी लिखित राजिनामा पत्र नेपाल प्याब्सनको नगर अध्यक्ष पंकज ठाकुरलाई सम्बोधन गरी नेपाल प्याब्सनको व्हाट्स एप ग्रुपमा अपलोड गरी आफ्नो राजिनामा पत्र बुझाएको बताउनुभयो । संस्थापक साहले बोधार्थमा नेपाल प्याब्सनको जिल्ला तथा केन्द्रिय समितिलाई समेत जानकारी गराएको बताउनुभयो । गैलेक्सि उच्च मा.वि.को प्राँगणमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष अमरेन्द्र झा,महासचिव सुबोध मिश्र,सचिव अविनाश प्रताप सिंह,जिल्ला अध्यक्ष सुजित मिश्र तथा सदस्य विजय दास लगायतका पदाधिकारीहरुका संयुक्त उपस्थितिमा संस्थापक साहलाई खाँदा,माला तथा टीका लगाई मधेस प्याब्सनको सदस्यता दिइएको थियो । उपस्थित सम्पूर्ण पदाधिकारीहरुले संस्थापक साहलाई बधाई तथा शुभकामना दिनुका साथै संस्थापक साहले पनि यस संगठनको विस्तार तथा विकासमा आफ्नो अहम भूमिका रहने बताउनुभयो ।

1