सामुदायिक विकास युवा क्लबद्वारा जुडशीतल पर्व शुभकामना – Jaleshwortoday

सामुदायिक विकास युवा क्लबद्वारा जुडशीतल पर्व शुभकामना

 २ बैशाख २०८१, आईतवार २३:३१  
1

गणेश कुमार सिंह
महोत्तरी, २ बैशाख

गणेश कुमार सिंह,महोत्तरी । महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नं.१२ स्थित सामुदायिक विकास युवा क्लबद्वारा नयाँ वर्ष २०८१ सालको जुडशीतल पर्व शुभकामना कार्यक्रम भएका छन् ।

मिथिलानचलमा जुडशीतल पर्व छुट्टै भुमिका रहेका छ। उक्त दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिनेका छन् ।

बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन सँगै सामुदायिक युवा क्लबले पनि जुडशीतल मनाए छन् ।
वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने परम्परा रहेका छन् ।
उक्त कार्यक्रममा सामुदायिक विकास युवा क्लबका अध्यक्ष सन्तोस सिंह र ,मा.वि.कान्तिबजारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश महतो शिक्षक महावीर सिंह ,समाजिक अभियानता नागेन्द्र सत्या ,जिल्ला हन्डबल संघका अध्यक्ष देवेन्द्र सिंह ,विभिन्न पार्टीका नेता,समाजिक अगुवा ,एन टि.भि. महोत्तरी संवाददाता राजिव राय ,समाजिक अभियान एंम युवा पत्रकार गणेश कुशवाहा र सामुदायिक विकास युवा क्लबका भलिबलका खेलाडी भाईहरुको सहभागीमा कार्यक्रम सहित नयाँ वर्ष २०८१को शुभकामना समेत दिएका छन् ।