ज्ञान गंगाको बार्षिक परिक्षाको परीक्षाफल सार्बजनिक – Jaleshwortoday

ज्ञान गंगाको बार्षिक परिक्षाको परीक्षाफल सार्बजनिक

 ४ बैशाख २०८१, मंगलवार २२:४३  
1

सोनी साह
जनकपुरधाम, ४ चैत्र

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले एक कार्यक्रम वीच २०८० सालको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । सो कार्यक्रममा विद्यालयको प्रधानाध्यापक प्रा. पवन कुमार साहले विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा २०८० सालको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेका थिए ।प्रमुख अतिथि टेगोरले माता सरस्वतीको प्रतिमामा अबिर,माला तथा पुष्प चढाई तथा फुलमा पानी हाली कार्यक्रमको विधिवत रुपमा संचालन गर्नु भएको थियो । सो कार्यक्रम पछि उपस्थित विद्यार्थीहरुलाई हाउ टु स्पीक इन ईंगलिस भन्ने विषयमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको उद्घोषण तथा संचालन प्र.अ.प्रा.साहले गर्नु भएको थियो । हिजो सोमबार विद्यालयको प्रधानाध्यापक प्रा.साहले नयाँ शैक्षिक सत्र २०८१ को विधिवत रुपमा उद्घाटन गरेका थिए । सो कार्यक्रममा उपप्रधानाध्यापक सोनी साहको अध्यक्षतामा प्रमुख अतिथि केएल टेगोर लगायत गुरुवर्ग तथा अभिभावकहरुलाई आसन ग्रहण गराइएको थियो । प्रमुख अतिथि टेगौर सँगै धनुषा तथा महोत्तरीका एक दर्जन अभिभावकहरुलाई अविर,खादा तथा मायाको चिनोले सम्मान गरिएको थियो । प्र.अ.प्रा.साहले
यस वर्षको शैक्षिक सत्र बैशाख ९ गते आइतबारदेखि संचालन हुने बताउनुभयो ।