
जलेश्वरटुडे समाचारदाता
धनुषा, ४ चैत्र
गैलेक्सी सेकेण्ड्री बोर्डिंग स्कुलले २०८० सालको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । सो कार्यक्रममा विद्यालयको प्रधानाध्यापक अमरेन्द्र झाले उतिर्ण तथा उत्कुष्ट विद्यार्थीहरुलार्ई विभिन्न म्याडल तथा कपले प्रोत्साहित गरेका थिए भने अभिभावकहरुलाई समेत मायाको चिनोले सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । प्रधानाध्यापक झाले यस विद्यालयले विद्यार्थीहरुको चौतर्फि विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विशेष ध्यान दिदै आएको बताउनुभयो ।