जनकपुरको पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीका जलिरहको शव बरामद – Jaleshwortoday

जनकपुरको पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीका जलिरहको शव बरामद

 ७ बैशाख २०८१, शुक्रबार ०८:४४  
2

गणेश कुमार सिंह
धनुषा, ६ बैशाख

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।

शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया प्रियंका महतोको रहेको डीएसपी अवाले बताए ।