स्थानीय पाठ्यक्रम विकास कार्यशाला समापन – Jaleshwortoday

स्थानीय पाठ्यक्रम विकास कार्यशाला समापन

 ८ बैशाख २०८१, शनिबार २१:२१  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ बैशाख

धनुषाको कमला नगरपालिकामा दुई दिवसीय स्थानीय पाठ्यक्रम विकास कार्यशाला शुक्रबार
समापन भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको गल्र्स स्ट्यान्डिङ स्ट्रोङ्ग प्रोजेक्ट अन्तर्गत कमला नगरपालिकामा चालु शैक्षिक वर्षमा स्थानीय पाठ्यक्रम बनाउने खाका तयार गरिएको हो ।
पालिकाको सभाहलमा भएको दुई दिने कार्यशालामा सचितानन्द घिमिरे र उत्तमराज पौड्यालले स्थानीय पाठ्यक्रम विकास सम्बन्धी सहभागीहरुलाई जानकारी गराएका थिए ।
कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार गर्न जनप्रतिनिधि, प्रधानाध्यापक, राजनीतिक द लका प्रतिनिधि र समाजिक अगुवाहरु सहमत भएका छन् । स्थानीय पाठ्यक्रम तयार गर्ने कार्य चालू शैक्षिक वर्षदेखि नै सुरु गरिने आसमान नेपालका कार्यक्रम संयोजक संजिव कुमार साहले बताए ।
कार्यशालामा स्थानीय पाठ्यक्रममा समावेश गरिने विषयवस्तु र त्यसको रुपरेखा पालिकाले सम्बन्धित विज्ञको सहयोगमा तयार गर्ने भएको छ ।
कमला नगरपालिकाका जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुख अमित जैसवाल, प्रधानाध्यापक, नेकपा माअ‍ोवादी केन्द्र, जनमत पार्टी, जसपा लगायत दलका प्रतिनिधि, समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।
बिहीबारदेखि सुरु भएको दुई दिने कार्यशालामा सहभागीहरु स्थानीय पाठ्यक्रम विकास गर्न उत्साहित रहेको आसमान नेपालका कार्यक्रम संयोजक साहले बताए ।
उहाँहरुले विज्ञहरुको रायसुझाव अनुसार स्थानीय पाठ्यक्रम तयार गर्ने कार्यलाई अगाडि बढाउन लागेको साहले बताए ।
कमला र शहीदनगरमा ब्यानर हस्तान्तरण

यता, कमला र शहीदनगर नगरपालिकामा विद्यार्थी भर्ना अभियान सफल पार्न गल्र्स स्ट्यान्डिङ स्ट्रोङ्ग प्रोजेक्ट अन्तर्गत आसमान नेपालले ब्यानर उपलब्ध गराएको छ ।
सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता भने नाराका साथ विद्यार्थी भर्ना अभियान–२०८१ थालिएको हो ।
शहीदनगर नगरपालिकाका नगरप्रमुख दिनेश कुमार यादव र उपप्रमुख सुनिता सिंहलाई संयुक्त रुपमा ४२ थान नामांकनसहितको ब्यानर हस्तान्तरण गरिएको आसमान नेपालका कार्यक्रम संयोजक साहले जानकारी दिए ।
कार्यक्रम साहका अनुसार विद्यार्थी भर्ना अभियान–२०८१ सफल पार्नको लागि कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर यादव र उपप्रमुख शिलादेवी मण्डललाई संयुक्त रुपमा २८ थान नामांकनसहितको ब्यानर हस्तान्तरण गरिएको छ । धनुषासहित देशभर नयाँ वर्षको सुरुवातसँगै नयाँ शैक्षिक वर्षमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउन अभियान संचालन गरिएको छ ।