जनक ईरा पब्लिक स्कुलको मिनि भ्यान दुर्घटना – Jaleshwortoday

जनक ईरा पब्लिक स्कुलको मिनि भ्यान दुर्घटना

 ११ बैशाख २०८१, मंगलवार ००:०८  
1

गणेश कुमार सिंह
महोत्तरी, १० बैशाख

जनक ईरा पब्लिक इङलिस बोर्डिङ स्कुलको मिनि भ्यान दुर्घटना भएको छ । पिप्रादेखि जनकपुर स्कुलतर्फ जाँदै गर्दा बाटोमा टायर फाटे पछि गाडी दुर्घटनामा परेको हो । गाडी दुई पटका पल्टीएर सडकभन्दा तल खसेको छ । धनुषा महोत्तरी जोड्ने सिमाना बनौली मोडमा गाडी दुर्घटना भएको हो ।
स्थानीयको अनुसार बच्चाहरू सुरक्षित छन् र ड्राइभरलाई गम्भीर चोट लागेको छ। ड्राइभरलाई अञ्चल अस्पताल जनकपुरमा भर्ना गरेको छ।