मटिहानीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधी जलेश्वर फुटबल क्लबलाई – Jaleshwortoday

मटिहानीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधी जलेश्वर फुटबल क्लबलाई

 ११ बैशाख २०८१, मंगलवार ००:११  
2

गणेश कुमार सिंह
महोत्तरी, १० बैशाख

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका स्थित मटिहानी रंगशालामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा जलेश्वर फुटबल क्लबले एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाहीलाई ४-१ गोलको अन्तरले पराजित गरी उक्त प्रतियोगिताको उपाधी हात पारेको छ।

आज मटिहानी रंगशालामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल जलेश्वर फुटबल क्लब र एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाही बीच भएको थियो। जसमा खेलको निर्धारित समयमा कुनै टीमले गोल हान्न नसकदा खेल पेनाल्टीमा गएको थियो ।त्यसपछि पेनाल्टीमा जलेश्वर फुटबल क्लबले ४ र एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाहीले १ गोल मात्र हान्न सकेका थिए ।

त्यसै क्रममा उक्त प्रतियोगिताको विजेता टीमलाई रु. ५० हजार र उप-विजेता टीमलाई रु.२५ हजार सहित मेडम, कप र प्रमाण पत्र मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल,महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स.प्र.ब.नेपाल नं. ९ गण हे. क्वाटर महोत्तरीका स.प्र.उ.विनोद केसी,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका प्रमुख सुदिप अधिकारीले संयुक्त रुपमा प्रदान गर्नुभयो ।

उक्त प्रतियोगितामा तपसिलका खेलाड़ीहरु उत्कृष्ट भएका छन ।

१) उत्कृष्ट खेलाड़ी :- संजीव कार्की – जलेश्वर फुटबल क्लब

२) उत्कृष्ट गोलकीपर:- जयराम चौधरी-  जलेश्वर फुटबल क्लब

३) उत्कृष्ट मिडफील्डर:- सुमन योन्जन – एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाही

४) उत्कृष्ट फॉरवार्ड :- समीर राई – एभेरेष्ट एकेडमी फुटबल क्लब सर्लाही