
गणेश कुमार सिंह
महोत्तरी, ११ चैत्र
फर्निचर आगलागी हुँदा लाखौं बराबर छत्ती भएका छन् । बलवा नगरपालिका वडा नं.-७ बगडा टोल स्थित श्री दुर्गा फर्निचरमा करिब ९:३० बजे राति भिषण आगलागीबाट लाखौ रकम बराबरको धनमाल छत्ती भएको छ ।
आगलागीको सुचना प्राप्त हुन् साथ जलेश्वर नगरपालिकाको बरुण यन्त्र विपत जोखिम न्यूनीकरण गर्न समयमै पुगेर थप दुर्घटना हुनबाट नियन्त्रण लिएको बारे फर्निचर संचालक नवल साह तेलीले जानकारी दिएका छन् ।
जलेश्वर नगरपालिकाका नगर प्रमुख श्री सुरेश साह सोनारका अनुसार अहिले हावाहुरीको कारण दिनहु ८/१० गाउँ-ठाउँ, घर, बारी, पराल, बाँसहरुमा जथाभावी बिडी, चुरोट, बिधुतको सर्ट सर्किट बाट आगो लागिरहेको र यस्ता प्रकारको उच्च जोखिम नियन्त्रणका लागि पालिकाले २४ औ घन्टा दक्ष जनशक्ति सहितका टिम तयार अवस्थामा तत्पर रहेको बारे जानकरी गराउनुबभएको छ ।
नगर प्रमुख सोनारले आवस्यकता परेको जलेश्वर नगरपालिका मात्र नभई महोत्तरी तथा धनुषा जिल्लाको विभिन्न् पालिकामा समयमा पुगी आगलागी नियन्त्रण गर्दै आइरहेको बताए ।