नेपालको अहिलेको चिन्ता र चिन्तन – Jaleshwortoday

नेपालको अहिलेको चिन्ता र चिन्तन

 १३ पुष २०७७, सोमबार ००:१०  
editorial

नेपालको अहिलेको परिवेश विलकुलै प्रतिकुल देखिन्छ । अहिलेको कमजोर तथा सत्ताधारी राजनीतिको कुकृतिहरु स्पष्ट भइरहेको अवस्था छ । अहिलेको वास्तविक चिन्ता भनेको नेपालको राजनैतिक द्वन्द्व कसरी समाप्त हुन्छ होला ? नेपाललाई कहिले सम्म विदेशीहरुको कठपुतली बनाएर राख्ने हो ? के नेपालमा ईमानदार नेताहरु जन्मेको छैन ? के सत्ता लोभ र आफनो बर्चस्व देखाउनु नै राजनीति हो ? यावत चिन्ताहरु अहिले सर्वसाधारण तथा बुद्धिजिवीहरुको मन मस्तिष्कमा घुम्न थालेको छ । तर यसको चिन्तन गर्नु अहिलेको आवश्यकता रहेको देखिन्छ । अहिले नेपालको प्रायः पार्टिेहरु जनआन्दोलमा होमिन तयार भइसकेका छन् । अहिले दिनहुँ रुपमा विरोधका कार्यक्रमहरु तथा मसाल जुलुस लगायतका कार्यक्रमहरु देख्न सकिन्छ । अहिले विदेशी बुद्धिजिवीहरुको टिप्पणी पनि फरक खाले देख्न सकिन्छ । अर्थात संघियतालाई समाप्त पार्ने परपञ्च गर्नुको साथै राजालाई फर्काउने राजनीति भइरहेको बेलामा ठोस कदम चाल्न चरुरी छ संघियता प्रेमी राजनेताहरुको । कानून तथा जनमतको सहारा लिएर प्रतिनिधि सभा विघटन विरुद्धको लडाई लड्न आवश्यक छ । तर यस लडाईमा पहिले भइसकेको गल्तीलाई दोहोर्याउनु हुदैन । अवको संघर्ष आरपारको लडाई जस्तै हुनु पर्छ । आलोपालोको सरकार कहिल्यै पनि स्थायी सरकार नभएको कारण यस्तो व्यस्थालाई हटाइनुपर्छ । सबै पार्टिहरुले एकजुट भएर संघियता बचाउन सबै प्रयास गर्न जरुरी छ ।