जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ बैशाख
मधेश प्रदेशको गृह,सञ्चार तथा कानुन राज्यमन्त्री शारदा थापाले स्थानीय सरकार र प्रदेशबीचको दूरी कम भएमा मात्र युवाको समस्या समाधान हुने दावी गरेकी छिन्।
जनकपुरमा आयोजित प्रदेश तथा स्थानीयस्तरको कानुन तथा नीति निर्माणमा युवाको भूमिका विषयक संवादमा राज्यमन्त्री थापाले प्रदेश सरकारसँग समन्वय नगरि स्थानीय सरकार एक्लै अगाडि बढ्दा समस्याहरू समाधान हुन नसकेको जिकिर गरिन्।उनले प्रदेशस्तरीय युवा नीति छिट्टै ल्याउन दबाब दिइरहेकाे जानकारी दिइन्।
अकाउन्टाविलीटी ल्याब नेपालले आयोजना गरेको सो संवादमा सहभागिले राखेको जिज्ञासा सम्बोधन गर्दै प्रदेश सांसद एवम् जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले युवालाई नीति निर्माणमा सहभागि नगराएसम्म प्रतिफल नआउने बताउँदै खाद्यान्नदेखि हरेक कुरामा परनिर्भरता बढ्नु दुर्भाग्य भएको बताउँदै स्वरोजगारमा वृद्धि गरिनुपर्ने बताए। प्रदेश सरकारमा युवाको सहभागिता विषयमा बहस हुने गरेपनि सार्थक परिणाम नआएको असन्तुष्टि ब्यक्त गरेका थिए।