नागरिक समाजको भेला तथा प्रदर्शन – Jaleshwortoday

नागरिक समाजको भेला तथा प्रदर्शन

 १४ बैशाख २०८१, शुक्रबार ००:१६  
eee

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ बैशाख

शिक्षामा रुपान्तरण भन्ने नाराका साथ विश्वव्यापी कार्यसप्ताह–२०२४ मनाउनको लागि धनुषाको हंसपुर नगरपालिका–३ कठपुल्लामा नागरिक समाजको भेला तथा प्रदर्शन कार्यक्रम गरिएको छ ।

एनसीई नेपाल, धनुषाको आयोजनामा कठपुल्लास्थित विद्यालय प्राङ्गनमा आयोजित भेला तथा प्रदर्शन कार्यक्रममा सहभागीहरुले शिक्षामा रुपान्तरण आवश्यक रहेको बताए ।

हंसपुर नगरपालिका–३ का वडाध्यक्ष उदयकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयको शिक्षामा रुपान्तरण आवश्यक रहेको र यसको लागि तीनै तहको सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

तीनै तहको सरकार शिक्षामा लगानी गर्दै आएपनि प्रतिफल संतोषजनक हुन नसकेको कारक समन्वयको अभाव रहेको उनीहरुले बताए ।

कार्यक्रममा शिक्षक, जनप्रतिनिधिहरुले आ आप्mनो धारणा राखेको एनसीई नेपाल, धनुषाका संयोजक कमलेश मण्डलले बताए ।