जलेश्वरटुडे समाचारदाता
रौतहट, १२ बैशाख
रौतहटमा करिब ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न पालिकामा ४ सय ९६ वटा सवारी दुर्घटनामा महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु भएको हो ।
जिल्लामा भएका दुर्घटनाहरुमा ७ सय ८५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ६ सय ४५ सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो ।यस्तै गत साउनदेखि वैशाख १० गतेसम्म नियमविपरीत चलेका १६ हजार ९ सय ९१ सवारी साधनलाई कारबाही गर्दा १ करोड ५६ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।