आगलागि पीडितलाई सेभ द चिल्ड्रेन सहयोग र मटिहानी नगरपालिका तथा रतौली युवा क्लबद्वारा राहत सामाग्री वितरण – Jaleshwortoday

आगलागि पीडितलाई सेभ द चिल्ड्रेन सहयोग र मटिहानी नगरपालिका तथा रतौली युवा क्लबद्वारा राहत सामाग्री वितरण

 १४ बैशाख २०८१, शुक्रबार २३:३६  
DSC00532 (1)

गणेश कुमार सिंह
महोत्तरी, १४ बैशाख

महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगो लागि क्षतिग्रस्त क्षेत्रका पीडित परिवारहरूलाई आज सेभ द चिल्ड्रेन सहयोग र मटिहानी नगरपालिका तथा रतौली युवा क्लबको समन्वयमा १०३ परिवारलाई राहत सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक पुज नारायण साहले बताए ।
उक्त राहत वितरण कार्यक्रमको महोत्तरी जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कर्ण, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, नेपाली सेना परिकौली ब्यारकका कर्नेल विशेष पौडेल, सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका प्रमुख घना भुसाल र देवेन्द्र यादव र रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरी र समुन्नति कार्यक्रममा कार्यरत सम्पुर्ण कर्मचारीहरुका टोलिले संयुक्त रूपमा वितरण गरिएको छ ।
उक्त राहत वितरणमा दुई सेट झुल ,डिगनिटी किट १ सेट,हाइजिन किट १सेट, भान्सा घरमा प्रयोग हुने भाडा वर्तन १ सेट, ०-२ वर्ष र ३-५ वर्ष मुनिका बालबालिकाहरूका लागि आवश्यक सरसफाइ सामग्रीहरूको किट,त्रिपाल लगायत जम्मा ५१ किसिमका सामग्री वितरण गरिएको रतौली क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले बताए ।
बुधबारका दिन करिब १२ बजे तिर मटिहानी न.पा. वडा नम्बर ६ जरलहवा गाछीमा आगो लागि लागेको थियो । उक्त आगो बाट पिडित १०३ परिवारलाई रु.१०११७५८ सो राहत सामाग्री वितरण गरिएका छन्