आपतकालीन अवस्थामा शिक्षा निर्देशिका निर्माण कार्यशाला – Jaleshwortoday

आपतकालीन अवस्थामा शिक्षा निर्देशिका निर्माण कार्यशाला

 १७ बैशाख २०८१, सोमबार २३:२९  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, १७ बैशाख

धनुषाको शहीदनगर नगरपालिकामा दुई दिवसीय आपतकालीन अवस्थामा शिक्षा (एजुकेशन इन इमर्जेन्सी) निर्देशिका निर्माण कार्यशाला आइतबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको गल्र्स स्टेण्डिङ स्ट्रोङ प्रोजेक्ट अन्तर्गत शहीदनगर नगरपालिकामा सो कार्यशाला सम्पन्न भएको हो । नगरपालिकाका नगरप्रमुख दिनेश कुमार यादव, उपप्रमुख सुनिता सिंह, ९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखा प्रमुख, सामुदायिक विद्यालयका प्रअ लगायतको उपस्थिति रहेको दुई दिवसीय कार्यशालामा आपतकालीन अवस्थामा शिक्षालाई अघि बढाउने बारे छलफल गरिएको हो । शहीदनगर नगरपालिका–३ स्थित श्रीजनता विष्णु प्राथमिक विद्यालयमा बैशाख १५ देखि १६ गतेसम्म आयोजित कार्यशालामा आपतकालीन अवस्थामा शिक्षा क्षेत्रलाई अगाडि बढाउने विषयबारे गहन छलफल भएको आसमान नेपालका विजय सदाले बताए । आपत वा विपदबाट प्रभावित बालबालिकाहरू तथा वयस्कहरूको स्वास्थ्य, शिक्षा, मनोविज्ञान, जीवनयापन तथा सहज समायोजन सम्बन्धी ज्ञान, सीप प्रदान गर्ने शिक्षा रहेको बताउँदै सहजकर्ताले उनीहरूको गाँस, बास, कपासको व्यवस्थापनसँगै आपत् वा विपदमा पनि परिस्थितिजन्य असहजतालाई सहजतामा रुपान्तरण गर्ने भरपर्दो माध्यम पनि आपतकालीन शिक्षा रहेको       बताए । प्रभावित बालबालिकाहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक मार्गदर्शन गर्न पनि आवश्यक हुने गरेको छ । आपतकालीन अवस्थामा पनि शिक्षा प्राप्त गर्ने नागरिकको अधिकारलाई प्रत्याभूत गराउन सक्दामात्र सरल र सहज जीवनयापनको अवस्था सिर्जना गर्न सकिने भएकोले यसतर्पm जनप्रतिनिधिहरुको ध्यानाकर्षण समेत गराइएको छ ।विपद् प्रभावित बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक, सम्वेगात्मक पक्षको समुचित ख्याल गर्दै मनोवैज्ञानिक सहजता कायम गर्न तथा सहज समायोजनको वातावरण निर्माण गर्न आपतकालीन शिक्षा महत्वपुर्ण हुने रहेको छ । यस्तो शिक्षा औपचारिकभन्दा बढी परिस्थिति सापेक्ष र अनौपचारिक प्रकृतिको हुने हुँदा नियमित तथा औपचारिक शिक्षाको विकल्पमा भन्दा पनि सहयोगीको रुपमा हुन आवश्यक हुन्छ । विपदको अवस्थामा स्वभाविक रुपमा नियमित र औपचारिक शिक्षाको निरन्तरता जटिल हुन सक्छ । यस्तो अवस्थामा कुनै न कुनै उपयुक्त विकल्प सहितको वैकल्पिक शिक्षा र सिकाइ निरन्तरताका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ । कार्याशालामा १० जना महिलासहित २५ जनाको सहभागिता रहेको विजय सदाले बताए ।