ग्यालेक्सी हायर सेकेण्ड्री स्कुलले विभिन्न कार्यक्रमहरु गरी मनाए १३५ औं विश्व मजदुर दिवस – Jaleshwortoday

ग्यालेक्सी हायर सेकेण्ड्री स्कुलले विभिन्न कार्यक्रमहरु गरी मनाए १३५ औं विश्व मजदुर दिवस

 १९ बैशाख २०८१, बुधबार २२:५०  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ बैशाख

जनकपुरधामको बजरंग चौकमा अवस्थित ग्यालेक्सी हायर सेकेण्ड्री स्कुलले विभिन्न कार्यक्रमहरु गरी १३५ औं विश्व मजदुर दिवस मनाएका छन् ।
सो अवसरमा विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलापहरु अन्तर्गत खेलकुद,साँस्कृतिक तथा कविता वाचन जस्ता कार्यक्रमहरुको आयोजना गरेको सो विद्यालयको संस्थापक तथा मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष अमरेन्द्र झाले जानकारी गराउनु भयो । साथै उत्कृष्ट प्रथम,द्वितिय,तृतिय तथा सहभागि विद्यार्थीहरुलाई टीका तथा माला लगाई प्रमाणपत्र तथा मिठाई समेत वितरण गरिएको संस्थापक झाले जानकारी गराउनुभयो । सो कार्यक्रममा अतिथिको रुपमा नीजि विद्यालय शिक्षक संगठनको अध्यक्ष ब्रज किशोर यादव,मनोज झा तथा कैलास महतोको समेत उपस्थिति रहेको थियो । त्यसैगरी सो विद्यालयको शिक्षक,शिक्षिका तथा कर्मचारीहरुलाई विद्यालयको प्रधानाध्यापिका अन्जु वर्माले खाँदा,माला तथा टीका लगाई सम्मान गर्नु भएको थियो । साथै कार्यक्रममा उपस्थिति अतिथि तथा अभिभावकहरुले मजदुर दिवसको शुभकामना दिनुको साथै विद्यालय उच्च प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।