अव्यवस्थित मजदुरहरुलाई व्यवस्थित तथा संगठीत गर्न २० लाखको लागतमा भवन बन्नेः नगर प्रमुख साह – Jaleshwortoday

अव्यवस्थित मजदुरहरुलाई व्यवस्थित तथा संगठीत गर्न २० लाखको लागतमा भवन बन्नेः नगर प्रमुख साह

 २० बैशाख २०८१, बिहीबार ००:२४  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ बैशाख

जनकपुरधामको वडा नं.— १२ कुबामा २० लाखको लगानीमा अव्यस्थित मजदुरहरुलाई व्यवस्थित तथा संगठीत गर्न भवन निर्माणको कार्य शुरु हुने उपमहानगर प्रमुख मनोज कुमार साहले बताएका छन् ।
१३५ औं विश्व मजदुर दिवसको अवसरमा ई—रिक्सा मजदुर संगठनले जनकपुरधामको पिडारी चौकमा अवस्थित स्मारकको अगाडीमा रंगोलीले मजदुर दिवसको शुभकामना लेखी सयौं मैनबती बाली मजदुर दिवस मनाएका छन् ।
सो कार्यक्रममा ई—रिक्सा मजदुर संगठनको अध्यक्ष विरेन्द्र महतोले जनकपुरधाम उपमहानगरको नगर प्रमुख मनोज साह लगायत उपस्थित ईरिक्सा चालकहरुलाई टीका तथा माला लगाई सम्मान गरेका थिए । त्यसैगरी ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका संस्थापक तथा प्रधानाध्यापक प्रा.पवन कुमार साह तथा नगर प्रमुख साहले संयुक्त रुपमा अध्यक्ष महतोलाई टीका लगाई गमछा ओढाएर सम्मान गरेका थिए । नगर प्रमुख साहले मजदुर दिवसको अपार महत्व रहेको तथा यसको शुरुवात ईग्लैण्ड हुदै जापानबाट भएको बताउनुभयो । उनले मजदुरहरुले दैनिक ८ घण्टा मात्र काममा खटाउनुपर्ने बताउनु भयो । जनकपुरधामको पर्यटकीय विकासको लागि ई—रिक्सा मजदुर संगठनको सहयोग आवश्यक रहेको बताउनुभयो । जनकपुरधामको विभिन्न चौकमा बस्ने मजदुरहरुले सो भवनमा बसी अह्राएको ठाउँमा काम गर्न जाने तथा अन्यले त्यहाँ आराम गर्न पाउने नगर प्रमुख साहले थप्नुभयो । अन्त्यमा १३५ औं विश्व मजदुर दिवसको अवसरमा सबैलाई मजदुर दिवसको अवसरमा शुभकामना दिदै उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । संगठन अध्यक्ष विरेन्द्र महतोले समेत नगर प्रमुख साह,विद्यालयको प्र.अ. प्रा.साह लगायत उपस्थित मजदुर,सुरक्षा निकाय तथा नागरिक समाज प्रति आभार प्रकट गर्नुका साथै शुभकामना समेत दिएका थिए ।