श्रमिक दिवसमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता – Jaleshwortoday

श्रमिक दिवसमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता

 २० बैशाख २०८१, बिहीबार ००:४३  
6

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ बैशाख

श्रमिक दिवसको अवसर पारेर बुधबार धनुषामा सम्पन्न मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा जनता नमुना उच्च माध्यमिक विद्यालय गिद्धाबेलापट्टी विजयी भएको छ ।

मावि गिद्धाबेलापट्टिमा सम्पन्न खेलमा छात्राहरु र आसमान नेपाल जनकपुरका महिला कर्मचारीहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको थियो । उक्त खेलमा १—० गोल अन्तरले गिद्धाबेलापट्टी विद्यालयका छात्राहरु विजयी भए ।

हाफ टाइमसम्म ०—० को अवस्थामा रहेको खेलमा मावि गिद्धाबेलापट्टीका छात्राहरुले आक्रामक खेलको प्रदर्शन गरिन् ।

दोश्रो हाफमा छात्राहरुको तर्पmबाट रोशनीको सुन्दर पासमा .मनिकाले निर्णायक गोल गरिन् ।

मैत्रीपूर्ण खेलको उद्घाटन सत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तिमलाल मण्डल, आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साह तथा प्लान ईन्टरनेश्नल नेपालका लेखाअधिकृत किसान राय र अनुगमन अधिकृत प्रभाकर चामलिङ्ग लगायतको उपस्थिति रहेको थियो । खेलाडीहरुको मनोबल बढाउनका लागि यस विद्यालयका छात्रछात्राहरु र स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्लान ईन्टरनेश्नल नेपाल तथा आसमान नेपालको संयुक्त साझेदारीमा संचालित“शिक्षा” परियोनाको सहयोग तथा बिदेह नगरपालिका र जनता नमुना माध्यमिक विद्यालय, गिद्धा बेलापट्टिको समन्वयमा मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो ।

स्थानिय स्तरबाट महिला खेलाडीहरु उत्पादन गर्ने, उनीहरुका क्षमता बढाउने, उनीहरुलाई पनि खेलकुदमा रमाउने वातारण तयार गर्ने, विद्यालयमा नियमितता गराउने, नेतृत्व विकास गर्ने उदेश्यले आयोजना गरिएको हो ।

यसैलाई निरन्तरता दिदै “शिक्षा” परियोजनामार्पmत आउँदो बैशाख २३ देखि २८ गतेसम्म बिदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिकामा विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

दुवै पालिकाका विजयी टोली बिचको फाइनल खेल बैशाख २८ गते गिद्धा बेलापट्टी मैदानमा खेलाइने शिक्षा परियोजनाका कार्यक्रम व्यवस्थापक दिलिपकुमार यादवले जानकारी दिए ।

मावि गिद्धाबेलापट्टिका खेल शिक्षक विजय मण्डलले यस प्रकारको प्रतियोगिताले छात्रा खेलाडीहरुको मनोबल बढाउने गरेको र छात्राहरु भेष्ट र हाफपाईन्ट लगाएर फुटबल खेलेको पहिलो पटक रहेको दावी गरे ।

खेलले उनीहरुमा सकारात्मक प्रभाव र हौसला बढाएको साथै आफु भित्र लुकेको प्रतिभा प्रदर्शन गर्ने मौका पाएको मण्डलले थपे ।

खेल छात्राहरुले जिते पनि आसमान नेपालका महिला टोलीका खेलाडीहरुले मन जितेको उनले बताए । आगामी दिनहरुमा पनि आसमान नेपाल र विद्यालयको तर्फबाट यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

छात्राहरुको प्रशिक्षक र रेफ्रि संजय कुमार मण्डलले खेल रोमान्चक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुशि व्यक्त गरे ।