गणेश कुमार सिंह
महोत्तरी, २२ बैशाख
त्याधिक गर्मीसँगै मधेशको विभिन्न जिल्लाको पानीको स्रोतहरु सुक्न थालेका छन् । चापाकल , इनार, पोखरी, खोलानाला जस्ता पानीको स्रोतहरु समेत सुक्न थालेपछि मधेशमा पानीको हाहाकार भएको हो ।
महोत्तरी,धनुषा ,सर्लाही जिल्लाको लगायतका नदीहरुमा बिगत ४-५ वर्ष देखि नै सुक्दै आइरहेको छ । जहिले देखि नदि खन्नसुरु भयो त्यतिबेला देखि पानीको मुहान सुक्न थालेको स्थानीय बाजेहरुले बताए ।
“मगाही भाषामा पहले ओते पथल पओर्रा मसिन नै छेलई त् पानी के दुख न्ने होइ छेलई ,आभी जहिया से पथल पओर्रा मसिन चलाबा लगलै तहिया से पानी दुख बहुते होइ या । कि कहु इ निकम्मा सरकार कठिकर पर लागल है नै जानी ”
यसैगरी बिभिन्न स्थानको सार्वजनिक पोखरी पनि सुकेको छ । विभिन्न इनार ,नदि नाला, पोखरी, बोरिँग, कल, चापाकल, धारा सुकेपछि पानीको हाहाकार मच्चेको हो ।
उत्तरी महोत्तरीको गौशाला न.पा. , वर्दिबास न.पा. सहित मधेश प्रदेश जिल्लाको विभिन्न भागमा पानीको स्रोत सुक्न थालेको देखिएको छ । फाल्गुण महिनादेखि नै पानी कम आउन थालेको समेत बताए ।