हतियार देखाएर जनकपुरमा दिनदहाडै सहकारीको ८० लाख रुपैयाँ लुटियो – Jaleshwortoday

हतियार देखाएर जनकपुरमा दिनदहाडै सहकारीको ८० लाख रुपैयाँ लुटियो

 २४ बैशाख २०८१, सोमबार २३:५७  
1

गणेश कुमार सिंह
महोत्तरी, २४ बैशाख

हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।