- प्रा. पवन कुमार साह
असाध्यै गर्मीको कारण जनजिवन प्रभावित भएको बखत मंगलबार बेलुकी भएको वर्षाले महोत्तरी,धनुषा जिल्ला लगायत मधेस प्रदेशमै खुशियाली छाएको देखिन्छ । किनभने केहि दिनदेखि तराईमा बढेको गर्मीका कारण विद्यालयहरु समेत प्रभावित भई गर्मी बिदा तथा बिहानी शिफ्टमा कक्षा संचालन गरिएको थियो । विरगंज महानगरको शिक्षा शाखाले लिखित सूचना नै जारी गरी महानगर भित्रका सरकारी तथा गैरसरकारी विद्यालयहरुलाई मात्र बिहान संचालन गर्ने अनुमति दिएका थिए । यति मात्र होइन असह्य गर्मीका कारण पानीको सतह धेरै तल गई पानी नै आउन छाडे पछि केहि पालिकाहरुमा पानी समेत वितरण गरिएको थियो । राजधानी जनकपुरधाम खास गरी पिउने पानीको सबालमा धेरै नै समस्याग्रस्त रहेको सर्वविदितै छ । यहाँ प्रत्येक वर्ष खडेरी परे झै गर्मीयाममा हाथे कल तथा मोटरमा पानी आउँदैनन् । यसको समाधान सम्बन्धीत सरोकारबालाहरुले समयमै गर्न आवश्यक रहेको देखिन्छ ।
अहिले परेको वर्षाको पानीले सबै क्षेत्रहरु साकारात्मक रुपमा प्रभावित हुने अडकल गर्न सकिन्छ । जमिन मुनिको पानीको सतह,रुख विरुवाहरु,घरपालुवा जनावर,मानवीय ईको सिस्टम लगायत अन्य क्षेत्रहरुमा साकारात्मक प्रभाव परेको विद्वानहरु बताउँछन् । अहिले वातावरण समेत शान्त तथा स्वस्थकर भएको छ । यसले गर्दा अहिले मानवीय मनोविज्ञान समेत साकारात्मक रुपमा प्रभावित भएको छ ।