जलेश्वरटुडे समाचारदाता
सर्लाही, २५ बैशाख
डा.वीर बहादुर महतोद्वारा लिखित पिछडावर्ग(ओबिसी) संस्कृति र समाज नामक किताबको बिमोचन सर्लाही जिल्लाको बलरामा आयोजित एक कार्यक्रम वीच नेपालको सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहालले बिमोचन गर्नु भएको छ ।
सो कार्यक्रममा मन्त्री महेन्द्र राय,भरत प्रसाद साह,लिलामणि पोखरेल,फकिरा महतो तथा जिल्ला समन्वय समितिको उपप्रमुख जितेन्द्र महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
यस किताबको प्रकाशन मलंगवा नगरपालिकाले गरेको छ भने समन्वय अन्तर्राष्ट्रिय पिछडावर्ग (ओबिसी)अनुसन्धान केन्द्रले गरेको लेखक डा.महतोले जानकारी गराउनुभयो ।
डा.महतोको अनुसार यस कितावले अहिलेसम्म नेपाल सरकारले सूचिकृत गर्न नसकेको जातजातिको बारेमा जानकारी गराउने छ भने यसले यी जातजातिहरुको अवस्था तथा विभिन्न परिवेशलाई प्रष्टाएको बताउनुभयो । लेखक डा. महतोले यसै गरी दर्जनौं रचना तथा किताबहरु लेख्नु भएको छ भने विश्वको दर्जनौं देशहरुमा भ्रमण गरिसक्नु भएको छ ।