नापी कार्यालय महोत्तरीका कर्मचारीले घुस मागेको आरोप मा सेवाग्राहीको आक्रोस – Jaleshwortoday

नापी कार्यालय महोत्तरीका कर्मचारीले घुस मागेको आरोप मा सेवाग्राहीको आक्रोस

 २७ बैशाख २०८१, बिहीबार ००:००  
1

गणेश कुमार सिंह
महोत्तरी, २६ बैशाख

जलेश्वर स्थित नापी कार्यालय महोत्तरीका कर्मचारीले सेवाग्राहीसंग घुस मांगेको आरोप पछि मगंलवार केहि वरे कार्यालय तनावमय रहियो। एक सवेग्राहीको काम गरिदिने वापत साेह कार्यालयका ९ नं. फाटका अमिन अनिल कुमार यादवले पाँच हजार घसु रकम मागंको आरोप छ ।
सेवाग्राहीले काम गराउनु पर्ने भएकोले पहिले रकम दिने स्विकारेर काम समाप्त भएपछि आफु सँग पैसा नभएको बताएपछि कर्मचारीले फाइल दिन नखाजेपछि सेवाग्राहीले होहल्ला गरेका थिए ।
गौशाला नगरपालिका १२ निवासी श्रवण कुमार सिंह आफ्नो जग्गा बेच्न कार्यालयमा पुगेको बेला आफुसंग अमिन यादव र कागजमा तोक लगाउने अधिकृतले घुस मांगेको आरोप लगाए ।
उनले आफ्नो फाईल कर्मचारीसंग लिईसकेपनि नापी कार्यालयमा सेवाग्राहीले दैनिक यसरी कर्मचारीहरुले ठग्ने भएकोले प्रवृति रोक्न जिल्ला प्रसासन कार्यालयमा उजुरी गर्ने बताए ।
नापी कार्यालय महोत्तरीका प्रमुख राम विनय कुमार सिंहले घटना वारे सुचना अधिकारीले जवाफ दिने भन्दै पन्छिए । उनले हाम्रो सुचना अधिकारीसंग कुरा गर्नुस भने । यता कार्यालयका सुचना अधिकारी नापी अधिकतृ रामचन्द्र पंडिले सोहि सेवाग्राहीको कागजमा आफुले नै सहिछाप गरको बताउदै सेवाग्राहीसंग आफुले कुनै रकम नमांगेको बताए ।
उनले अमिन यादवले पैसा मांगेको वा नमांगेको वारे छानविन गरिने बताए । नापी कार्यालय र मालपोत कार्यालयमा दैनिक सेवाग्राहीसंग काम गरिदिने बापत रकम ठगि हुने घटना सुनिदै आइएपनि हालसम्म कुनै निकायबाट अनुगमन भएको नदेख्दा सेवाग्राहीहरुले माथिसम्मकै मिलोमतोरहेको आफहुरुको बुझाइ रहको बताए । यता घुस मांगेको आरोप लागेका कर्मचारी होहल्ला पश्चात कार्यालय छाडेर भागेका थिए।