आगलागीबाट प्रभावित विद्यालय जाने बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण – Jaleshwortoday

आगलागीबाट प्रभावित विद्यालय जाने बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण

 २७ बैशाख २०८१, बिहीबार २३:२६  
1

गणेश कुमार सिंह
महोत्तरी, २७ बैशाख

महोत्तरीको मटिहानी नगरपालिका वडा नं.६ जर्लाहवा गाछी स्थित आज सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा २२१ जना बालबालिकालाई कापी, कलम, पोशाक, पानी बोतल, झोला सहितको १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू उपलब्ध गराएका छन् ।
बालविकास देखि कक्षा ५ सम्मका जम्मा ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा ६ देखि कक्षा १२ सम्मका जम्मा ३२ जना बालक र ३० जना बालिकाहरू गरि जम्मा २२१ जनालाई रकम रू.३,७१,५६७÷– बराबरका शैक्षिक सामग्रीहरू (क्तगमभलत प्ष्त ) वितरण गरिएका छन् ।
कक्षा ४ मा अध्यनरत १२ बर्षकि लक्ष्मिनियाले शैक्षिक सामग्री पाएपछि खुशी व्यक्त गर्दै भन्छिन् “ आगलागीबाट मेरो सबै किताब कापी जलेर केहि बाँकि थिएन । पढ्न पनि पाएको थिएन, आज कपि, कलम, व्याग, पानीको बोतल, ड्रेस, झोला, किताबहरू पाएपछि म धेरै खुशी भएको छु, अब म विद्यालय निरन्तर जाने र खुब मन लागाएर पढ्ने छु” भन्दै आफू ठूलो भएर म्याडम (शिक्षक) बन्ने रहर व्यक्त गर्नुभयो ।
त्यस्तै नगर प्रमुखज्यूले रतौली युवा क्लव तथा सेभ द चिल्ड्रेनलाई धन्यवाद दिंदै विगतमा आधा दर्जन भन्दा बढी संघ—संस्थाहरूले केहि सामग्रीहरू सहयोग गरिए पनि बालबालिकाका लागि शैक्षिक सामाग्रीहरू अपुग नै रहेको थियो तर आज सेभ द चिल्ड्रेनबाट वितरण गरिएका यी शैक्षिक सामग्रीहरू मार्फत सबै बालबालिका लाभान्वित भएको र तिनीहरूको शैक्षिक गुणस्तरमा केहि हद सम्म वृद्धी हुने कुरा व्यक्त गर्नुभयो ।
मिति २०८१ वैशाख १२ गते जरलहवा गाछी वडा नम्बर – ६, मटिहानी नगरपालिकामा आगलागी भएर १०५ घरधूरी क्षतिग्रस्त भएको छ । आगलागीबाट परिवारका ५७० सदस्यहरू प्रभावित भएका छन् । जसमध्ये २० वर्ष मुनिका ३७१ जना बालबालिकाहरू रहेका छन् भने त्यसमध्ये २२१ जना विद्यालय जाने बालबालिका रहेका छन् । सो आगलागीमा सबै बालवालिकाका शैक्षिक सामग्रीहरू जलेर नष्ट भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीमा भएको बैठकको निर्णय अनुसार सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा २०८१ वैशाख १४ गते आगलागी बाट प्रभावित १०३ घरधूरीलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री किट, भान्सा घरमा प्रयोग हुने भाडा बर्तनको सेट, साथै ० देखि २ वर्ष र ३ देखि ५ वर्ष मुनिका बालबालिकाहरूका लागि आवश्यक सामग्रीहरूको वितरण गरिसकिएको छ ।