जलेश्वरका मेयर सुरेश साह र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, दुबै निलम्बनमा परे – Jaleshwortoday

जलेश्वरका मेयर सुरेश साह र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, दुबै निलम्बनमा परे

 २७ बैशाख २०८१, बिहीबार २३:३०  
2

गणेश कुमार सिंह
महोत्तरी, २७ बैशाख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरापालिकाका प्रमुख र उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।
आयोगले नगरपालिका वडा नम्बर एकस्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख सुरेशसाह सोनार र उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
आयोगले डा नम्बर एकका वडा अध्यक्ष अनिलकुमार झा, नगरपालिकाका अधिकृत छैठौँ धिरेन्द्र झा, बरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवी विरुद्द अदालतमा मुद्दा दायर गरिएको आयोगका सहसचिव एवक प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार अख्तियारले उक्त योजनामा भएको काम भन्दा पाँच लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो माग दाबी गरेको छ ।