परिवर्तनका संवाहक सहजीकरण सम्बन्धी तालिम सम्पन्न – Jaleshwortoday

परिवर्तनका संवाहक सहजीकरण सम्बन्धी तालिम सम्पन्न

 ५ जेष्ठ २०८१, शनिबार ०७:३९  
coc

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ जेठ

परिवर्तनका संवाहक सहजीकरण सम्बन्धि ३ दिने तालिम जनकपुरधाममा सम्पन्न भएको छ ।

प्लान ईन्टरनेश्नल नेपालको प्राविधिक सहयोग तथा आसमान नेपाल र सपोट नेपालको समन्वयमा सबैला, शहिदनगर र कमला नगरपालिकामा संचालन हुने “परिवर्तनका संवाहक” कक्षाका सहजकर्ताहरुका लागि ३ दिने तालिम संचालन गरिएको हो ।

तालिममा सहजकर्ताहरुलाई सहजीकरण सम्बन्धि विधिहरु, कक्षा संचालन गर्ने निर्देशिका, यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, लैङ्गिक समानता तथा यौनिक समावेशिकरण, सेफगाडिङ्ग सम्बन्धि जानकारी गराइएको थियो । प्लान ईन्टरनेसनल नेपालबाट अंजु शाक्य, कृति वैद्य, गिता विडारीले तालिममा सहजीकरण गरेका थिए ।

तालिम लगतै परिवर्तनका संवाहकका १६ वटा कक्षाहरु ३ वटै पालिकाका विभिन्न वडाहरुमा संचालगन गरिने आसमान नेपालका“बालविवाह न्यूनिकरण” परियोजनाका प्राविधिक संयोजक रामकुमार महराले बताए । यस कक्षाहरुमा १० देखि १४ वर्ष उमेर समूहका किशोर तथा किशोरीहरु र १५ देखि १९ वर्षका किशोरीहरुलाई समावेस गरि हप्तामा २ दिन कक्षा संचालन गरिने महराले जानकारी दिए ।

यस कक्षामा किशोरकिशोरीहरुलाई बालबालिकाको हक अधिकार, नेतृत्व, आफनो पहिचान र लक्ष्य, लिङ्ग तथा लैङ्गिकता, प्रजनन स्वास्थ्य, बालविवाह, छिटो विवाह, जबरदस्ति विवाह बाट हुने हानिहरु आदिको बारेमा १८ महिना सम्ममा कक्षामा सहजीकरण गरिने उनले बताए ।

किशोरकिशोरीहरुलाई नेतृत्व गर्न सक्ने, निर्णय गर्न सक्ने र बालविवाह न्युनीकरणमा सहयोग गर्न सक्ने बनाउने उदेश्य रहेको छ ।