
वीर बहादुर महतो
महोत्तरी, १६ पुस
नेपाल प्रज्ञा प्र्रतिष्ठानबाट पहिलो चोटी मगही लोककथा संग्रह प्रकाशित भएको छ । नेपाल एक बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक र बहुसाहित्यक विविधताको संगम मुलुक हो । रौतहट जिल्लाको पुर्वी भुभाग देखि झापासम्म बसोबास गर्ने पिछडा वर्ग ९इद्यऋ० दलित, केही आदीवासी जनजाति, अल्प संख्यक, मुलवासी समुदायको प्रमुख भाषा मगही हो । मगही संस्कृति महामना बुद्ध प्रियदर्शी चक्रवती सम्राट अशोक महान, महान अर्थशास्त्री चाणक्य, तिर्थशंकर महावीर जैन र महान समाज सुधारक सन्त कवीरको संस्कृतिको रूपमा संसार भरी प्रसिद्ध छ ।
मगही संस्कृतिको लोक कण्ठमा बास गरेको लोक कथाहरुलाई समेटने प्रयास गरिएको छ । नेपालमा पहिलो चोटी मगही भाषा साहित्यको क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मगही लोककथा संग्रहमा ७२ वटा लोक कथाहरुलाई समेटिएको छ । मगहीयन समाजमा मगही लोक कथा सग्रहको प्रकाशनले मगही सस्कृतिलाई सरक्षण, संबर्धन र प्रवर्धनमा प्रमुख भुमिका निर्वाह गर्ने विश्वास लिएको छु । मगही भाषा एउटा यस्तो भाषा हो जसले विभिन्न भाषाको निर्माण गरेको छ । बाँकी सरकारी काम मायो भाषाको प्रयोग नभएकाले यसको मौखिक रूपमा जति विकास भएको छत्यति लिखित रूपमा हुन सकेको छैन । आश्चर्यको कुरायो हो कि यो भाषाको लिखित रूपको अभावले गर्दा मानिसहरु बुझन्न सकिरहेका छैनन् कि उसले बोली रहेको भाषा नै मगही हो । मगही भाषालाई नै कोही देहाती भन्छन् त कोही खिचडी र ठेठी । त्यही देहाती, खिचडी र ठेठी भाषा बोल्ने मगहीयन मानिसहरुको उनको बोलीको पहिचान गराउनको लागि र उनको भाषामा शुद्धता ल्याउनको निम्ति मगही लोक कथा संग्रहको प्रकाशनले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंद्वारा प्रकाशित ‘मगही लोककथा संग्रह’ मा सहयोग गर्ने प्रतिष्ठानको माननीय कुलपति गंगा प्रसाद उप्रेति, प्राज्ञ श्रवण मुकारुङग, प्राज्ञ लक्ष्मीमाली, प्रज्ञा प्रतिष्ठान परिवारका साथैयस महत्वपूर्ण काममा सहयोग गर्ने भरत प्रसाद महतो(अध्यक्ष नेपाल पिछडावर्ग ओ.बि.सी महासंघ), कथा सुनाउने विन्देश्वर महतो, राम बलम महतो, चन्देश्वर दास, बिल्टु साह, बिन्दा देवी, राज कुमारी महतो र भाषा सम्पादनमा सहयोग गर्ने मगही भाषा विद् डा. चन्देश्वर साह, लगायत सबै मगही भाषा(भाषी र मगही प्रेमीमा हार्दिक आभार ब्यक्त गर्दछु ।