जलेश्वरमा ६ बुंदे मांग राख्दै परिषद र युुवा क्लबद्वारा रिले अनसन जारी – Jaleshwortoday

जलेश्वरमा ६ बुंदे मांग राख्दै परिषद र युुवा क्लबद्वारा रिले अनसन जारी

 १७ पुष २०७७, शुक्रबार ०१:०२  
Jaleshwor

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १६ पुस

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ मन्दिरको अगाडीमा ६ बँुदे माँग राख्दै जलेश्वर महादेव मन्दिर एवं उमा महोदरी शक्तिपिठ सेवा तथा संरक्षण संस्था विकास परिषद्को आयोजना तथा जय बाबा जलेश्वरनाथ युवा क्लव,पासमान युवा क्लव तथा बखरी युवा क्लवको संयोजकत्वमा रिले अनसन पुस ९ गते बिहिबारदेखि बसिएको छ ।

Image may contain: 2 people, text that says 'सफा रहौ र नोवेल कोरोना भाइरसबाट बचौं ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कूल जनकपुरधाम-११ कुवा (एयरपोर्ट रोड) कक्षा PG देखि कक्षा 6 सम्म ΚΑ नामाडूनको लागि सम्पर्क नं. SΑ हाम्रा थप सेवाहरु छात्रावासको सुविधा वोडर्सको सुविधा 9844027971, 9824877627 प्रिन्सिपल: पवन कु. साह (MBS, B.Ed, PRT) सौजन्य जलेश्वर टुडे राष्ट्रिय दैनिक पत्रिका विज्ञापनको लागि सम्पर्क jaleshwortoday@gmail.com 9844027971, 9824877627'

जय बाबा जलेश्वरनाथ युवा क्लवको अध्यक्ष शनिदेव झा,अमरदीप साह तथा उनका सहयोगी विटु कुमार साह लगायले ८ औं दिनसम्म सरोकारबालाहरुले हाम्रो माँगहरुबारे सम्बोधन नगरेको हुँदा सिघ्र माँगहरु पुरा नगरिए आफूहरु आमरण अनसन गर्ने चेतावनी समेत दिनुभयो । जलेश्वरनाथ मन्दिरको विकास तथा पोखरीहरु सौन्दर्ययीकरणको माँग राख्दै अगाडी बढेको झाले बताए ।

Image may contain: outdoor

Image may contain: one or more people and outdoor