मधेस प्याब्सनमा प्रधानाध्यापक कर्णको प्रवेश – Jaleshwortoday

मधेस प्याब्सनमा प्रधानाध्यापक कर्णको प्रवेश

 १५ जेष्ठ २०८१, मंगलवार ०९:११  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ जेष्ठ

3

जनकपुरधाम वडा नं.— ७ मा अवस्थित आशुतोष शिशु विद्या आश्रम(नीजि विद्यालय)को संस्थापक प्रधानाध्यापक मुरारी लाल कर्णले सोमबार नेपाल प्याब्सन परित्याग गरी मधेस प्याब्सनमा प्रवेश गरेका छन् । मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष अमरेन्द्र झाले नवप्रवेशी कर्णलाई टीका,माला तथा खाँदा लगाई स्वागत गरेका थिए भने धनुषा जिल्ला अध्यक्ष सुजित झा लगायत अन्य पदाधिकारी भोला मिश्र,सुवोध झा र पवन कुमार साहले टीका लगाई बधाई दिएका थिए । कर्ण यस अघि नेपाल प्याब्सनमा धनुषा जिल्ला सचिवको पदमा हुनुहुन्थ्यो ।