बर्दिवास अस्पतालद्धारा अग्नि पीडितलाई सहयोग – Jaleshwortoday

बर्दिवास अस्पतालद्धारा अग्नि पीडितलाई सहयोग

 १८ जेष्ठ २०८१, शुक्रबार २२:५३  
hopital help pic

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा बस्तीका अग्नि पीडितलाई बर्दिवास अस्पताल परिवारले आर्थिक सहयोग गरेको छ । बर्दिवास अस्पतालका कर्मचारी तथा अस्पताल विकास समिति परिवारले सहयोगार्थ संकलन गरेको पचास हजार पाँच सय पच्चिस रुपैया सहयोग गरेको हो ।
बर्दिवास अस्पतालका डा. किशोर कुमार अधिकारीले आगलागी पीडित परिवारका लागि मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मंडललाई चेकमार्फत उक्त रकम प्रदान गरेका हुन् । गत वैशाख १२ गते वस्तीमा आगलागी हुँदा एक सय तीन परिवार घरवारविहिन भएका छन् ।
स्वास्थ्य सेवा क्षेत्रमा ख्याती कमाएका बर्दिवास अस्पताल परिवारले सामाजिक क्षेत्रमा समेत आफनो दायित्व निर्वाह गर्दै आगलागी पीडितलाई आर्थिक सहयोग गरेको बर्दिवास अस्पतालका सूचना अधिकारी चिकित्सक विनोद कुमार सिंहले बताए ।