जसपा र नेकपा एकीकृत मार्क्सवादी बीच एकता – Jaleshwortoday

जसपा र नेकपा एकीकृत मार्क्सवादी बीच एकता

 १८ पुष २०७७, शनिबार ०३:०५  
Jasapa

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १७ पुस

जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी) पार्टीबीच एकता भएको छ ।
शुक्रबार ललितपुरमा एक कार्यक्रम गरी दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा एकता घोषणा भएको हो । एकता घोषणा कार्यक्रममा बोल्दै नेताहरुले नेपालमा लामो समयदेखिको लोकतान्त्रिक आन्दोलनमा श्रमजीवी जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए ।
पार्टी एकता घोषणा कार्यक्रममा जसपा अध्यक्ष ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, बरिष्ट नेता डा.बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेता सहभागि थिए ।